नियम ९८
बनक्षेत्रमा प्रवेश
(१) राष्ट्रिय वनक्षेत्रमा नेपाल सरकारबाट अनुमति प्राप्त विकास आयोजना सञ्चालन गर्नु अघि सम्बन्धित विकास आयोजना सञ्चालकले त्यस्तो आयोजना सञ्चालनको लागि प्राप्त अनुमति, विभागसँग गरेको सम्झौता, वनक्षेत्र प्रयोग गर्न दिएको अनुमतिपत्र र्‌ अन्य कागजातसहित कनक्षेत्रमा प्रवेशको लागि डिभिजन वन कार्यालयमा निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन परेमा डिभिजनल वन अधिकृतले सो उपर आवश्यक जाँचबुझ गरी राष्ट्रिय वनक्षेत्रमा विकास आयोजना सञ्चालनको लागि प्रवेश गर्न इजाजत दिनु पर्नेछ।